
एक रूपैयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ

रौतहट : रौतहट प्रहरीले एक रूपैयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो।
कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए। उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो।
पक्राउ परेका फरार प्रतिवादीहरुमा कुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई ६ रूपैयाँ जरिवाना तोकिएको उनले जानकारी दिए।
जालसाजीका राम सिहासन साह र साहेब लाल साहलाई १० रूपैयाँ जरिवाना तोकिएको छ। किर्तेका गगाजली देवी र कुटपिटका ललीता देवी दासलाई ५० रूपैयाँ जरिवाना तोकिएको रौतहट प्रहरीले जनाएको छ।
किर्ते जालसाजीका गणेश महरा चमार, कुटपिट गाली बेइजतीमा शेख जाकिर, गाली बेइजतीमै जितन राय यादव, प्रभा देवी, कुटपिटमा महेन्द्र राय यादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र राम नाथ साहलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
माघ १७, २०८१ बिहीबार १९:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।