प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय

प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय

काठमाडौं : माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित, थप प्रभावकारी कसरी बनाउने र हाम्रो दल प्रमुख प्रतिपक्षी दलको रुपमा रहेका जिम्मेवारीहरू छन्, एउटा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाजहरू सदनमा उठाउने र अन्य विपक्षी दलहरुलाई पनि लिएर हाम्रा मध्य एकता हुनसक्ने विषयवस्तुमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने यी जिम्मेवारीलाई व्यवस्थित गर्नको लागी बैठक सम्पन्न भएको छ।’ 

सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्ने गरी नआएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिए। 

माघ १७, २०८१ बिहीबार १८:२४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।