भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरूले अध्यादेशको अस्वीकार गर्ने

भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरूले अध्यादेशको अस्वीकार गर्ने

काठमाडौं : संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोलि (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेको छ।
 
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्ने सर्वसम्मत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

उनले भने, ‘सरकारले सदनमा ल्याएर सबै कानुन व्यवस्थित बनाएर अगाडि बढाउनुको सट्टा सदन बोलाउने बेलामै अध्यादेश ल्याएको छ, त्यो प्रकृयाको हिसाबले पति गलत छ। त्यसैले सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहभागी छन्। 

यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागिता रहेको थियो। 

माघ १७, २०८१ बिहीबार १४:३९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।