सोनाम ल्होछार २८६१ : सर्प वर्षको आगमन, तामाङ समुदायले मनाउँदै नयाँ वर्ष

सोनाम ल्होछार २८६१ : सर्प वर्षको आगमन, तामाङ समुदायले मनाउँदै नयाँ वर्ष

काठमाडौं : तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६१ को धूमधामसँग मनाउँदैछन्।

बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिँदैछ। यो पर्व तामाङ समुदायका साथै अन्य हिमाली बौद्धहरूले पनि हर्सोल्लासका साथ मनाउने गर्छन्।

सोनाम ल्होछार १२ वर्ष चक्रअन्तर्गत मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी विभाजित छ। यसपटक सर्प वर्षको शुरुआत भएको छ। ल्हो अर्थात् वर्ग (वर्ष) र छार अर्थात् नयाँ भन्ने अर्थमा ल्होछारलाई नयाँ वर्षको रूपमा मनाइन्छ।

यो उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने भएता पनि तामाङ समुदायमा विशेषगरी पाँच दिनसम्म घरघरमा उत्सव मनाइन्छ।

यस अवसरमा गुम्बाहरूमा पूजा, दर्ज्यु गाड्ने, छो प्रसाद वितरण, शुभकामना आदानप्रदान, मान्यजनबाट आशीर्वाद लिने, चेलीबेटी र इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक भोज र साँस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिन्छ।

सोनाम ल्होछारको महत्वलाई मध्यनजर राख्दै सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यसले समुदायका सदस्यहरूलाई आफ्नो पर्व परम्परा अनुसार मनाउन सहज बनाएको छ।

माघ १७, २०८१ बिहीबार ०७:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।