चैत्र २४ मा काठमाडौंमा जनप्रदर्शन सहितको सभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं : समाजवादी मोर्चाले चैत्र २४ मा वर्तमान समस्याहरूको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ।
बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
उनले भने, ‘देशमा जुन देखिएका समस्याहरू छन्। यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शन सहितको काठमाडौंमा सभा गरौं भन्ने सम्म आइपुगेका छौं। चैत्र २४ गते जुन ऐतिहासिक दिन छ। त्यो दिनमा काठमाडौंमा भव्य र शानदार रुपमा सम्पन्न गरौं भन्नेमा पुगेको छौं।’
चैत्रको पहिलो हप्ता १ देखि ५ भित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए।
उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए।
माघ १६, २०८१ बुधबार १८:०९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।