एन्फा महिला लिगको उपाधि एपिएफलाई

काठमाडौं : एन्फा महिला लिग २०८१ को उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले जितेको छ।
बुधबार एपिएफले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गरेको थियो।
एपिएफका लागि सविता राना मगरले पहिला र तेस्रो गरेर दुई गोलको योगदान गरेकी थिइन्। त्यसपछि सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् भने चौथो गोल अनु लामाले ९०ः५ मिनेटमा गरेकी थिइन्।
तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका थिए जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका थिए।
उपाधिसँगै एपिएफले १० लाख रूपैयाँ र उपविजेता पुलिसले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ।
माघ १६, २०८१ बुधबार १७:१५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।