सामाजिक सञ्जाल विधेयकको विपक्षमा पत्रकार महासंघ, सच्याउन माग

काठमाडौँ : नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान राखेको भन्दै असहमति जनाएको छ।
अगुवा नागरिक संस्था महासङ्घलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको भन्दै महासंघले विज्ञप्तिमार्फत गम्भीर असहमति र आपत्ति जनाएको हो।
महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा महासङ्घलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन सरकार र संघीय संसद्सँग आग्रह गरेको छ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ।
माघ १६, २०८१ बुधबार १५:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।