स्टन्टबाजीहरूबाट देश चल्दैन : प्रधानमन्त्री ओली

स्टन्टबाजीहरूबाट देश चल्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै स्टन्टबाजीबाट देश नचल्ने बताएका छन्। 
 
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र वफादारिताको साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए।
 
उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सर्बेसर्बा हुँ भन्ने भ्रम पाल्न नहुने बताए।  

माघ १६, २०८१ बुधबार १४:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।