६५ लाख धरौटी तिराउने आदेशविरुद्ध उच्च अदालत पोखरामा रविको पुनरावेदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा ६५ लाख धरौटी माग्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविले उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका हुन्।
निवेदनमा उनले धरौटी माग्ने जिल्ला अदालतको आदेश बदर गरेर साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरिपाउँ भनि माग गरेको रास्वपाकी कार्यावाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
उनका अनुसार कास्कीपछि रवि उच्च अदालत तुलसीपुर र उच्च अदालत पाटन पनि जानेछन्।
माघ १४, २०८१ सोमबार १४:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।