माघ १८ गतेको संसद बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने सहमति

काठमाडौं : माघ १८ गतेदेखि सुरु हुने संसद् अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको छ।
सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको हो।
त्यसका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
त्यसैगरी सरकारले ल्याएका सम्पूर्ण अध्यादेश १८ गते पेश गर्ने र अध्यादेशउपर २२ गते बस्ने बैठकमा प्रतिनिधि सभामा निर्णयार्थ पेश गर्ने सहमति समेत भएको छ।
प्रतिनिधि सभाको बैठक १८ गतेपछि २२, २३ र २४ तथा २८, २९ र ३० गते बस्ने गरी सहमति भएको समेत बर्तौलाले बताए।
माघ १४, २०८१ सोमबार १३:३६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।