युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन्।
नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ।’
राष्ट्रपति पुटिनले वार्ताको अघि प्रतिबन्ध खुकलो पार्नु आवश्यक रहेको भन्दै वार्ता पुनः सुरु भएको अवस्थामा युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत अवैध हुने समेत बताए।
उनले प्रश्न गरे, ‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गरेका थिए। के यो अवस्थामा वार्ता गर्न सम्भव छ?’
पुटिनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे।
रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताए।
उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने समेत उल्लेख गरे।
विश्व आर्थिक मञ्च (डब्लुईएफ)को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रूपमा अघि बढेको’ बताएका छन्।
माघ १२, २०८१ शनिबार १३:४९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।