कञ्चनपुरका प्रहरी जवानले आफ्नै टाउकोमा गोली हाने, उपचारका क्रममा मृत्यु

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन्।
गोली प्रहारबाट घाइते प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार कैलालीको निःशर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।
माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।
माघ १२, २०८१ शनिबार ११:०१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।