ट्रेड युनियन खारेज नगर्ने पक्षमा मन्त्री गुप्ता, निजामती सेवा ऐन पारित गराउने तयारी

ट्रेड युनियन खारेज नगर्ने पक्षमा मन्त्री गुप्ता, निजामती सेवा ऐन पारित गराउने तयारी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन पारित हुने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन जारी हुने बताए।

‘निजामती सेवा ऐन जारी गराउन राज्य व्यवस्था समितिमा हामी निरन्तर छलफलमा छौं। धेरै सल्लाह त यो पनि आएको छ कि ट्रेड युनियन नै खारेज गरौं, ट्रेड युनियनको जरुरत छैन भन्ने छ। तर, हक अधिकारका लागि ट्रेड युनियनको जरुरी छ। ट्रेड युनियनको अधिकारका साथ यो ऐन आउँछ,’ उनले भने। 

आफूले मन्त्रालयको कार्यभार सम्हाल्दादेखि नै निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उनले आफ्नो एक सय र दुई सय दिनको प्रगति विवरण तथा प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए।  

माघ ३, २०८१ बिहीबार १४:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।