जय ट्रफी फाइनलको आज अन्तिम दिन, पुलिस ९५ रनले अगाडि
 
                    
                    
                    
                    काठमाडौं : जय ट्रफी एलिट कपको फाइनलको तेस्रो तथा अन्तिम दिनको खेल सुरु हुनुअघि त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले ९५ रनको अग्रता बनाएको छ।
दोस्रो दिनमा आफ्नो दोस्रो इनिङ खेलेको पुलिसले एक सय ३२ रन बनाएर खेल्दा ९५ रनको अग्रता बनाएको हो। एक सय ३२ रन जोड्ने क्रममा उसले नौ विकेट गुमाइसकेको छ।
आज पुलिसबाट सागर ढकाल र ललित राजवंशी आउनेछन्। उनीहरूमध्ये एक जना आउट भएपछि आर्मीले जितको लागि निश्चित लक्ष्य पाउनेछ। त्यसलाई पूरा गरेको खण्डमा आर्मीले र पूरा हुनुअघि नै १० विकेट लिएमा पुलिसले उपाधि जित्नेछ।
मंगलबार पर्साको नारायणी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेलमा आर्मीले टस जितेर पहिला बलिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा आएको पुलिसले एक सय ३३ रन बनाउँदा नौ विकेट गुमाएपछि इनिङ डिक्लियर गरेको थियो।
त्यसपछि आफ्नो पहिलो इनिङ ब्याटिङ गर्न आएको आर्मीले एक सय ७० रन बनाउँदै सबै विकेट गुमायो। दोस्रो दिनमा आफ्नो दोस्रो इनिङको ब्याटिङ गर्न आएको पुलिसले एक सय ३२ रन बनाउँदा नौ विकेट गुमाएपछि खेल स्टम्प भएको थियो।
आज सोही स्थानबाट खेल सुरु हुनेछ।
माघ ३, २०८१ बिहीबार ०८:१०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    