राष्ट्रपति पक्राउ परेपछि दक्षिण कोरियाको विपक्षी दलले भन्यो- ‘देशमा न्याय जीवितै छ’
 
                    
                    
                    
                    एजेन्सी : दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योल पक्राउ परेपछि त्यहाँका विपक्षी दलले देशमा न्याय जीवित रहेको प्रतिक्रिया दिएको छ।
राष्ट्रपति पक्राउ परेपछि त्यहाँको डेमोक्र्याटिक पार्टी हाउसका नेता पार्क चुन डेले भने, ‘दक्षिण कोरियामा न्याय जीवित छ।’
‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनको पुनर्स्थापनातर्फको पहिलो कदम हो,’ पार्टी बैठकमा पार्क जुन डेले भने।
यसअघि पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका थिए।
युन सुक-योलले मार्सल कानुन लगाएपछि त्यसको व्यापक विरोध भएको थियो। विरोधपछि लगाएको छ घण्टामै उक्त कानुन फिर्ता लिए पनि विपक्षी दलका नेताहरूले उनलाई पक्राउ गर्न माग गर्दै आएका थिए।
विपक्षी दलले युन सुक-योलविरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि संसदबाट पारित समेत भएको थियो।
माघ २, २०८१ बुधबार ०९:५१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    