रुसमा अहिलेसम्मकै ठूलो आक्रमण गरेको युक्रेनको दाबी
 
                    
                    
                    
                    एजेन्सी : युक्रेनले रुसमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ।
युक्रेनको सशस्त्र बलका अनुसार आक्रमणमा विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो।
निशाना बनाइएकामध्ये केही क्षेत्र सीमाबाट सयौं किलोमिटर टाढा भएको युक्रनेको खुफिया एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
युक्रेनको खुफिया एजेन्सीले यो आक्रमण रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ।
तर, रुसले युक्रेनले प्रहार गरेको ATACMS मिसाइल र Storm Shadow क्रुज मिसाइललाई खसालेको दाबी गर्दै यो आक्रमणको जवाफ दिने बताएको छ।
युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभका विद्यालयहरू बन्द गरिएका छन्।
माघ २, २०८१ बुधबार ०८:२६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    