विश्वकपअघि नेपाली यु१९ महिलाले आज अमेरिकासँग अन्तिम अभ्यास खेल खेल्दै
 
                    
                    
                    
                    काठमाडौं : यु१९ महिला टी२० विश्वकपअघि आफ्नो दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकाको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार विहान सवा आठ बजे मलेसियाको राजधानी क्वालालम्पुरस्थित रोयल सेलेनगोर क्लबमा हुनेछ।
नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन्। पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको थियो।
विश्वकपका आधिकारिक खेलहरू भने आगामी शनिबारदेखि सुरु हुनेछ। यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ।
१६ टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन्।
विश्वकपअघि मलेसियामै भएको एसिया कपमा नेपालको यही महिला टोलीले पाकिस्तानलाई पराजित गरेको थियो।
विश्वकपमा सहभागी १६ देशका कप्तानहरूले मंगलबार मलेसियाको चर्चित पेट्रोनास ट्वीन टावरको अगाडि फोटोसुट गरेका थिए।
माघ २, २०८१ बुधबार ०७:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    