फिल्मको पोस्टरमा नांगै देखिए पल शाह
 
                    
                    
                    
                    काठमाडौँ :फिल्म ‘महाराजाधिराज’को पहिलो पोस्टरमा विवादित अभिनेता पल शाह नाङ्गै देखिएका छन्। माघे सङ्क्रान्ति पारेर मङ्गलवार सार्वजनिक भएको पोस्टरमा पछाडि राजाको भेसभुसासहित पलकै तस्बिर छ भने सिंहासनमा निकै कमजोर देखिएका पल नाङ्गै छन्।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको प्रस्तुतिमा बनेको फिल्म आगामी फूलपातीमा रिलिज गर्ने निर्माण पक्षको तयारी देखिन्छ।
‘महाराजाधिराज’का प्रस्तुतकर्ता बिराज विष्ट हुन्। फिल्म परिच्छेद सेनले निर्देशन गरेका हुन्।
माघ १, २०८१ मंगलबार १६:०२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    