युद्धविराम र बन्धकहरूको रिहाइमा सम्बन्धमा बाइडेन र नेतान्याहुबीच टेलिफोन वार्ता

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी शान्ति वार्ताको बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।
यो टेलिफोन वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा मानिएको छ।
ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।
राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनुपर्ने आवश्यकताबारे पनि कुरा गरेका छन्।
हमाससँगको वार्ताका लागि नेतान्याहुले वरिष्ठ प्रतिनिधिमण्डल पठाएको खबरपछि बाइडेनले उनीसँग टेलिफोन वार्ता गरेका हुन्।
शनिबार, डोनाल्ड ट्रम्पका मध्य पूर्व राजदूतले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्दै ट्रम्पको शपथ ग्रहण समारोहअघि सम्झौतामा पुग्नको लागि आग्रह गरेका थिए।
यसअघि डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुने’ चेतावनी दिइसकेका छन्।
पुष २९, २०८१ सोमबार ०९:३४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।