राजावादीसँग साँठगाँठ गरेको आरोपबारे भीम रावलको प्रश्न 'केपी ओली राजावादी कि म?'

राजावादीसँग साँठगाँठ गरेको आरोपबारे भीम रावलको प्रश्न 'केपी ओली राजावादी कि म?'

काठमाडौं : एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको दाबी गरेका छन्। 

शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा उनले आफू राजावादी नभएको दाबी गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीसँग साँठगाँठ गरेको आरोप लगाए।

उनले राजावादीसँग मिलेको आरोपमा भने, ‘यो बामालेहरुले गरेको गलत व्याख्या हो। मैले के भन्या थिए भने उहाँहरूले तपाईँ कम्युनिस्ट हो कि होइन भन्दा नेकपा एमालेको नेताको हैसियतले, कम्युनिष्ट पार्टीको नेताको हैसियतले म छैन भनेको हुँ।’

रावलले आफूलाई राजावादी भन्ने आरोप एमाले नेतृत्वले लगाएको दाबी गरे। राप्रपा नेपालको त्यस कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएकोप्रति नेता रावलले ओली राजावादी कि म? भन्दै प्रतिप्रश्न गरे।

उनले भने, ‘आफू राजावादीसँग साँठगाँठ गर्ने अनि मलाई कम्युनिष्ट होइन भन्दिएपछि जस्तो कमल थापाजी छन् नि अहिले भर्खर यहाँ केपी ओली देखेँ ल्याएको। उहाँ राजावादी कि म राजावादी? उहाँ किन आउनुभयो?’

देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने उनको जिकिर छ।  

पुष २७, २०८१ शनिबार १७:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।