नेतृत्व गर्नेहरूको मति ठिक भएन, त्यसैले भ्रष्टाचार बढ्यो : गगन थापा

नेतृत्व गर्नेहरूको मति ठिक भएन, त्यसैले भ्रष्टाचार बढ्यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरूको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन्।
 
मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाँजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए। 

उनले भने, ‘नेतृत्व गर्नेहरूको मति ठिक नभएको हुनाले गति पनि ठिक नभएको मलाई लागेको छ। मति ठिक नभएको कुरा खासगरि भ्रष्टाचारसँग जोडिएको छ। आम नागरिकले के सोच्छ भ्रष्टाचारकै कारणले गर्दा गति लिन सकेको छैन।
 
भ्रष्टाचारको सन्दर्भमा ठिक गति समात्न नसकेको भन्दै उनले थपे, 'यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा छौं। त्यसलाई न्यून गर्नेतर्फ काम गरेर देखाउनु पर्नेछ।'

यसको साथै, उनले जनताले सुनेका जति पनि काण्डहरू छन्, त्यसको लामो लिस्ट बनाएर सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै त्यसमा जतिसुकै शक्तिशाली प्रधानमन्त्री, मन्त्री भएपनि नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले नछोड्ने बताए। 

१५/२० वर्षपछि भएपनि छोड्दैन भन्ने मानक स्थापित गर्न सक्यो भने नौजवानहरूलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्ने उनको विश्वास छ।  

पुष २३, २०८१ मंगलबार १९:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।