नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने निर्विरोध

काठमाडौं : नेपाल लाइफ क्यापिटल लिमिटेडको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन्।
कम्पनीको ११औं वार्षिक साधारण सभाले सदस्यमा चयन गरेको लामिछानेलाई सभापश्चात बसेको कम्पनी सञ्चालक समितिको ११०औं बैठकले अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
पुस १९ गते सम्पन्न सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन गरेको छ।
यसैगरी, उक्त सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको जनाएको छ।
पुष २३, २०८१ मंगलबार ११:४१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।