सुन गोहोरोसहित दुई जना पक्राउ

फाइल
काठमाडौं : विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन्। भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो।
पक्राउ परेका सुनसरीको बर्जु गाउँपालिका-१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ।
पुष २२, २०८१ सोमबार १७:२४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।