जय ट्रफीको पहिलो अर्धशतक सोमपालको ब्याटबाट

जय ट्रफीको पहिलो अर्धशतक सोमपालको ब्याटबाट

काठमाडौं : जय ट्रफी एलिट कपको पहिलो अर्धशतक सोमपाल कामीको ब्याटबाट आएको छ। 

नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरेका उनले ७३ बलमा सात चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्।

प्रतियोगितामा अहिलेसम्म कुनै पनि खेलाडीले शतक बनाउन सकेका छैनन्।

जारी खेलमा आर्मीले एक सय २६ रनको अग्रता बनाएर खेलिरहँदा सात विकेट गुमाएको छ।

पुष २२, २०८१ सोमबार १३:१७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।