एलिट कपका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा

काठमाडौं : ‘जय ट्रफी पुरुष एलिट कप-२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शङ्कर राना, अविनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सेरेला रहेका छन्।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही पुस २१ देखि आगामी माघ ३ गतेसम्म चल्ने जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ।
पुष १९, २०८१ शुक्रबार १३:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।