सिड्नी टेस्टमा भारत एक सय ८५ रनमा समेटियो, बोल्यान्डले लिए चार विकेट

एजेन्सी : बोर्डर-गावस्कर ट्रफीका लागि अस्ट्रेलियासँग सिड्नीमा खेलिरहेको टेस्ट म्याचमा भारतीय टोलीको पहिलो इनिङ १८५ रनमा समेटिएको छ।
पहिलो दिन भारतका सबै ब्याट्सम्यान ७२.२ ओभरमा आउट भए। मोहम्मद सिराज बाहेक अन्य सबै खेलाडी आउट भए।
यो शृङ्खलामा अहिलेसम्म कुल चार खेल खेलिएका छन्। जसमध्ये दुई खेल जितेर अस्ट्रेलियाले २-१ ले अगाडि छ।
पहिलो खेलमा भारत विजयी हुँदा ब्रिसबेनमा भएको खेल वर्षाका कारण बराबरीमा सकिएको थियो।
पहिलो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ४० रन बनाउँदा कप्तान जसप्रित बुमराह २२, प्रसिद्ध कृष्ण ४, वासिङ्टन सुन्दर १४, यशस्वी जैसवाल १०, केएल राहुल ४, शुभमन गिल २०, विराट कोहली १७, रविन्द्र जडेजा २६ रन बनाएर आउट भए।
अष्ट्रेलियाका लागि स्कट बोल्यान्ड चार, मिचेल स्टार्क तीन, प्याट कमिन्स दुई र न्याथन लायनले एक विकेट लिए।
अष्ट्रेलियाले आजै आफ्नो पहिलो इनिङ्स थालेकोमा उस्मान ख्वाजा आउट हुन पुगे। आज अष्ट्रेलियाले नौ रन मात्र बनाउन सक्यो। उसका लागि साम कोन्स्टास नटआउट छन्।
खेल अब भोलि विहान पुन: शुरू हुनेछ।
पुष १९, २०८१ शुक्रबार १२:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।