भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित
फाइल तस्बिर

काठमाडौं : भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ।

बिहीबार सिहंदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो।

समिति सभापति रामहरि खतिवडाले बैठकमा प्रस्तुत गरेको विधेयकको संशोधन प्रस्ताव सर्वम्मतिबाट पारित भएको थियो।

यसअघि  बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो।

पुष १८, २०८१ बिहीबार १४:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।