एक बजेको भूकम्प २०७२ कै ‘गोरखा भूकम्प’को पराकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोक
काठमाडौं : दिउँसो १ बजेर २ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको पुष्टि भएको छ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो।
पुष १८, २०८१ बिहीबार १४:०१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।