एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ।
पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक शुरु हुने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको अधिकारीले बताए।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।
पुष १८, २०८१ बिहीबार ०७:१९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।