सरकारले कालो धनविरूद्ध जनतामा सचेतना फैल्याउने अभियान थाल्ने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन जरूरी रहेको भन्दै सरकार त्यसतर्फ लागेको बताएका छन्।
मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन सरकारले अभियान नै सुरू गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार संघ र प्रदेशमा राष्ट्रिय रूपमा र्याली गर्ने, गलत तरिकाले सङ्कलन गर्ने कालो धनविरूद्ध जनतामा सचेतना फैल्याउनेलगायत अभियान सुरू गरिने सरकारको योजना छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सरकारले प्रत्येक वर्ष माघ १४ मा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ।
पुष १७, २०८१ बुधबार २०:०२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।