बनमा घाँस काट्न जाँदा गैंडाको आक्रमणबाट एक महिला घाइते

काठमाडौं : मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
बुधबार बिहान मनहरी गाउँपालिका-६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक बनमा घाँस काट्न तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो।
चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमाया स्याङतानलाई गैंडाले आक्रमण गरेको र स्थानीयहरूले हो हल्ला गरेपछि गैंडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ।
घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाइएको छ।
पुष १७, २०८१ बुधबार १८:४२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।