एकीकृत समाजवादी र वामदेव गौतमबीचको वार्ता सहमति नजिक

एकीकृत समाजवादी र वामदेव गौतमबीचको वार्ता सहमति नजिक

काठमाडौं : एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ।

मंगलबार आलोकनगरमा शीर्ष नेतासँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए। 

उनले भने, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’ 

गौतमकाअनुसार छलफल सहमति नजिक पुगेको छ। 

उनले आजको छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने बताए।

पुष १७, २०८१ बुधबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।