गैंडाको आक्रमणबाट एक महिला घाइते

गैंडाको आक्रमणबाट एक महिला घाइते
फाइल तस्बिर

मकवानपुर : मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो।

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरुले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ।

घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ।

पुष १७, २०८१ बुधबार ११:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।