सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा आज सुन तोलाको छ सय रुपैयाँ घट्दा चाँदी २५ रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार भने सार्वजनिक बिदा हुँदा महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेन।
आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो तोलाको एक हजार सात सय ९० रुपैयाँ प्रतितोला थियो।
पुष १६, २०८१ मंगलबार १०:३६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।