हिमालयन बैंकले कोटेश्वर सार्‍यो नयाँ बानेश्वरको शाखा

हिमालयन बैंकले कोटेश्वर सार्‍यो नयाँ बानेश्वरको शाखा

काठमाडौं : हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा रााखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको छ।

यही क्रममा नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले कोटेश्वर शाखाको शुभारम्भ गरेका थिए।

नयाँ शाखाबाट आइतबारदेखि नै ग्राहकलाई बंैकिङ सेवा दिन थालिएको बैंकले जनाएको छ।

पुष १५, २०८१ सोमबार ०९:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।