यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्सल प्रशिक्षण

काठमाडाैं : यामाहाका लागि नेपालकाे आधिकारिक विक्रेता एमएडब्लू राइड्सले ब्लु स्ट्रिक्स च्याप्टर लिडरहरुलाई आधारभूत रोड मार्सल तालिम दिएकाे छ।
कम्पनीले हालै ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्ट आयोजना गरेर देशभर ब्लु स्ट्रिक्स च्याप्टर लिडरहरु छानेको थियो।
यो तालिमले लिडरहरूलाई सुरक्षित, व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गरेको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो।
सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौँ (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो।
रोड मार्सल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको दाबी गरेको छ।
पुष १५, २०८१ सोमबार ०९:२५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।