क्रोयसियाको राष्ट्रपति निर्वाचनमा कसैले पनि पाएनन् बहुमत

एजेन्सी : युरोपेली देश क्रोएसियामा आइतबार राष्ट्रपतीय निर्वाचनका लागि भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन्।
राष्ट्रपतिका लागि आठ जना उम्मेदवार थिए। राष्ट्रपति निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्नेमा कसैले पनि बहुमत नल्याएका हुन्।
वर्तमान राष्ट्रपति जोरान मिलानोभिकले सबैभन्दा बढी ४९ प्रतिशत मत प्राप्त गरे पनि त्यो जितका लागि पर्याप्त भएन।
जोरान पछि, एचडीजेड पार्टीका उम्मेदवार ड्रागन प्रिमोराक १९ प्रतिशत भोटका साथ दोस्रो स्थानमा आए। अब राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान जनवरी २ मा सबैभन्दा बढी मत ल्याउने यी दुई नेताबीच हुनेछ।
निर्वाचन अघि पनि दोस्रो चरणका लागि यी दुई नेताबीच टक्कर हुने अनुमान गरिएको थियो।
रोयटर्सका अनुसार हालै गरिएको एक सर्वेक्षणले वर्तमान राष्ट्रपति जोरान मिलानोविचलाई जनताको पहिलो रोजाइ रहेको देखाएको छ।
उनले सन् २०२० को राष्ट्रपतीय निर्वाचन पनि सोही पार्टीको समर्थनमा जितेका थिए। मिलानोभिक क्रोएसियाका प्रधानमन्त्री समेत भइसकेका छन्।
पुष १५, २०८१ सोमबार ०९:०६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।