१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

रोल्पा : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर रहेका छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
हर्क बहादुरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बालिकालाई स्वास्थ्य परीक्षणका लागि लगिएको छ भने प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पुष १२, २०८१ शुक्रबार १२:२४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।