एमसीजी टेस्टमा अष्ट्रेलियाले बनायो चार सय ७४ रन, रोहित शर्मा दोस्रो ओभरमै आउट

एमसीजी टेस्टमा अष्ट्रेलियाले बनायो चार सय ७४ रन, रोहित शर्मा दोस्रो ओभरमै आउट

एजेन्सी : मेलबर्नमा जारी एमसीजी टेस्टमा अष्ट्रेलियाले भारतविरुद्ध पहिलो इनिङ्समा चार सय ७४ रन बनाएको छ।

पहिलो दिन तीन सय ११ रन बनाएर ६ विकेट गुमाएको टोलीले दोस्रो दिनमा थप एक सय ६३ रन थपेको हो।

दोस्रो दिनको सुरुवातमै स्टिभ स्मिथले आफ्नो शतक पूरा गरे। उनले एक सय ४०  रन बनाउँदा कप्तान प्याट कमिन्सले ४९ रन बनाए।

त्ययका अलावा पहिलो दिनमा डेब्युटेन्ट साम कन्स्टासले ६०, उस्मान ख्वाजाले ५७ र मार्नस लाबुसचेनले ७२ रन जोडेका थिए।

भारतका लागि जसप्रित बुमराहले चार, रविन्द्र जडेजाले तीन, आकाश दीपले दुई तथा वासिङ्टन सुन्दरले एक विकेट लिए।

भारतले अहिले एक विकेट गुमाएर ब्याटिङ गरिरहेको छ।

भारतले पहिलो विकेटको रुपमा कप्तान रोहित शर्मालाई दोस्रो ओभरको अन्तिम बलमा प्याट कमिन्सले आउट गरेका थिए।

पुष १२, २०८१ शुक्रबार ०९:२८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।