भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, अस्पतालबाट निवास पुर्याइयो पार्थिव शरीर
एजेन्सी : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको छ। उनको पार्थिव शरीर दिल्लीस्थित उनको निवासमा लगिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, लोकसभा अध्यक्ष ओम बिर्ला, वित्तमन्त्री निर्मला सीतारमण, विपक्षी नेता राहुल गान्धी, केन्द्रीय मन्त्रीहरू र अन्य प्रमुख नेताहरूले उहाँलाई श्रद्धाञ्जली दिएका छन्।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेस पूर्व अध्यक्ष सोनिया गान्धी, केसी वेणुगोपाललगायत धेरै कांग्रेस नेताहरू राति उनको निवास पुगेका थिए।
केसी वेणुगोपालले ट्वीटरमार्फत कांग्रेसले आगामी सात दिनका लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्।
कांग्रेसले शुक्रबार कर्नाटकको बेलगावीमा ‘जय बापु, जय भीम, जय संविधान’ र्याली गर्ने कार्यक्रम थियो।
बिहीबार साँझ स्वास्थ्य बिग्रिएपछि मनमोहन सिंहलाई एम्समा भर्ना गरिएको थियो र यहीँ उनले अन्तिम सास फेरेका थिए।
पुष १२, २०८१ शुक्रबार ०७:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।