ललितपुरमा क्याफेका कामदारको चक्कु प्रहारबाट ग्राहकको मृत्यु

ललितपुरमा क्याफेका कामदारको चक्कु प्रहारबाट ग्राहकको मृत्यु

ललितपुर : ललितपुरको च्यासलस्थित टाउन अफ क्याफेमा लफडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको क्याफेका कामदारसँग लफडा हुँदा कामदारले गुरुङलाई चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

चक्कु प्रहार गर्ने व्यक्ति डडेल्धुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट रहेका छन्।

गुरुङको मृत्युपछि प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोमबार राति नै भट्टलाई पक्राउ गरेको हो।

थप अनुसन्धानको लागि क्याफेका सञ्चालक र कुकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पुष ९, २०८१ मंगलबार १३:०५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।