जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नुवाकोट : २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ककनी गाउँपालिका-७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङ रहेका छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरी चौकी ककनीले जनाएको छ।

घटनापछि पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको र घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष ९, २०८१ मंगलबार १२:५७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।