श्रीमतीको हत्या आरोपमा रुपन्देहीमा एक जना पक्राउ

श्रीमतीको हत्या आरोपमा रुपन्देहीमा एक जना पक्राउ

रूपन्देही : आफ्नै श्रीमती २१ वर्षीया अञ्जली विकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विक रहेका छन्।

उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अञ्जलीको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी चौकी देवीनगरले जनाएको छ।

पुष ९, २०८१ मंगलबार १२:२३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।