नेपालले हङकङलाई दियो दुई सय ६६ रनको लक्ष्य, कप्तान अभिषेकसँगै सन्तोष र सुर्यान्सुको अर्धशतक

नेपालले हङकङलाई दियो दुई सय ६६ रनको लक्ष्य, कप्तान अभिषेकसँगै सन्तोष र सुर्यान्सुको अर्धशतक

काठमाडौं : हङकङविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालको यु१९ टोलीले हङकङलाई दुई सय ६६ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ६५ रन बनायो।

नेपालका लागि कप्तान अभिषेक तिवारी, सन्तोष यादव र सुर्यान्सु कोइरालाले अर्धशतकीय पारी खेले। उनीहरूले क्रमश: ५६, ५३ र ६० रन जोडे।

त्यसका अलावा नरेन भट्टले ३६ र सोहेल कुँवरले १३ रन जोड्दा राजेश बोहराले ११ रन बनाए।

बलिङतर्फ हङकङका पार्थ श्रीवास्तव, सयन पुरी, प्रित मनगुकिया र ड्यानियल म्यापले समान दुई-दुई विकेट लिए।

तीन खेलको सिरिज नेपालले २-० ले अगाडि छ। सिरिजको पहिलो खेल तीन विकेटले जितेको नेपालले दोस्रो खेल दुई सय २६ रनको जितेको थियो।

उमेर समूहका खेलाडीहरूको अभ्यासका लागि भनेर नेपाल र हङकङ क्रिकेट संघले दुई देशबीचको खेलको लागि सहमति जनाएका हुन्।

हङकङ एकदिवसीय मान्यताप्राप्त देश भएकाले यो खेलले ओडिआईको मान्यता पाउनेछैन।

पुष ५, २०८१ शुक्रबार १२:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।