भारत यु१९ महिला एसिया कपको फाइनलमा, नेपालको खेल केहीबेरमा हुँदै

काठमाडौं : भारत एसीसी यु१९ महिला एसिया कपको फाइनल प्रवेश गरेको छ।
शुक्रबार विहान भएको सुपर फोरको अन्तिम खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो।
बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९८ रन बनाएको थियो।
जवाफी लक्ष्य पछ्याएको भारतले १४.५ ओभरा छ विकेट गुमाएर लक्ष्य भेटटएसँगै उसले फाइनलमा स्थान बनाएको हो।
चारमध्ये तीनमा खेलमा जित निकालेको भारत सात अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालसँगको एक खेल भने वर्षाका कारण रद्द हुँदा अंक बाँड्नुपरेको थियो।
तालिकामा अब बंगलादेश र नेपाल समान चार-चार अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। विहान पौने ११ बजे शुरू हुने खेल जसले जित्यो सोही टोलीले भारतसँग फाइनल खेल्नेछ।
आजको खेल पनि वर्षाका कारण रद्द भएमा नेट रनरेटका आधारमा बंगलादेशले भारतसँगको भेट पक्का गर्नेछ।
पुष ५, २०८१ शुक्रबार १०:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।