कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारणसभाले चुन्यो पाँच सञ्चालक सदस्य

काठमाडौं : कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सेयरधनीहरूको प्रथम वार्षिक साधारणसभा अध्यक्ष हेमराज बडालको अध्यक्षतामा धुलिखेलमा सम्पन्न भएको हो।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ।
सञ्चालक समिति सदस्यहरूका रूपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिवेश थापा निर्विरोध निर्वाचित गरेको छ भने स्वतन्त्र सञ्चालकका हकमा निरज कार्की नियुक्त भएका छन्। नवनिर्वाचित सञ्चालकलाई निर्वाचन अधिकृत अधिवक्ता गणेश सिग्देलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
कम्पनीको कुल चुक्ता पुँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ।
पुष ३, २०८१ बुधबार १८:५९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।