बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु

बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु

काठमाडौं : भक्तपुरमा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ।

गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका ३१ वर्षीय नरेन्द्र बहादुर शाहीलाई ६३ वर्षीय बुवा दिपबहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति पौने १२ बजे मृत्यु  भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको शव पोष्मार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको प्रहरीले जनाएको छ।

मृतकका बुवा दिपबहादुर शाहीलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा लिई घटनाको सम्बनधमा थप अनुसन्धान गरिरहेको छ।

पुष ३, २०८१ बुधबार ०८:१२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।