पहाडी र हिमाली क्षेत्रमा बदलीको सम्भावना, तराईमा मौसम सफा

पहाडी र हिमाली क्षेत्रमा बदलीको सम्भावना, तराईमा मौसम सफा

काठमाडौं : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ।

तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम सफा रहने छ।

यस्तै, राति भने हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ।
 

पुष ३, २०८१ बुधबार ०७:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।