वर्षाले खेल प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडे, उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

वर्षाले खेल प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडे, उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हावाहुरीसँगै वर्षा भएपछि प्रभावित भएको छ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो। वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका हुन्।

योसँगै नेपाल ३ अंकसहित समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भारत समान ३ अंकसहित विजेता रहँदै सेमिफाइनलमा पुगेको छ। भारतसँग समान ३ अंक भएपनि नेपाल रनरेटमा पछि परेको हो। 

नेपाल र भारत दुवै सुपर-४ मा प्रवेश गरिसकेका छन्। भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दा नेपालले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। 

सुपर-४को आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्नेछ। अर्को खेल शुक्रबार बंगलादेशसँग हुनेछ। 

पुष २, २०८१ मंगलबार १५:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।