एसीसी यु१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको सामान्य लक्ष्य

एसीसी यु१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको सामान्य लक्ष्य

काठमाडौं : एसीसी यु१९ महिला एसिया कपमा नेपाली टोलीले भारतलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।

मलेसियाको बायोमस ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९४ रन बनायो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाउँदा विकेटकिपर एलिसा कुमारी यादवले नौ बलमा २० रनको आक्रमक पारी खेलिन्।

त्यसअ अलावा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतकी परुनिका सिसोदियाले चार विकेट लिँदा मिथिला विनोद र अनन्दिता किशोरले समान एक-एक विकेट लिए।

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

नेपाल र भारत दुवै सुपर फोरमा प्रवेश गरिसकेका छन्। भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दा नेपालले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई नै पराजित गरेको थियो।

पुष २, २०८१ मंगलबार १४:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।